बाँकेमा फेरि तीन जनामा देखियो कोरोना संक्रमण

बाँकेमा फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल, नेपालगञ्जमा शंकास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरूमा संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । 

उनले दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए । 

कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एक जना नेपालगञ्ज–१० का हुन् । केही दिनयता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि संक्रमण देखिन थालेको छ । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १५:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया