'जुनसुकै सरकार आए पनि ३/४ वर्ष विदेशी मुद्रा सञ्चितिमा दबाब रहन्छ'
फाइल तस्वीर

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए । 

डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगातार विदेशी मुद्रा सञ्चिति गिरावट भइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएकोकारण नियन्त्रणमा रहको बताए । 

डा.उप्रेतीले मुद्रा सञ्चिति स्थिर हुनु भनेको सरकारले आयात नियन्त्रण गर्न लिएको नीति कार्यान्वयन भएको बुझ्नपर्ने जिकिर गरे । उनले चालु आर्थिक वर्षको असार मसान्तसम्म १९ सय अर्बको आयात हुनसक्ने बताए । डा.उप्रेतीले अबको तीन/चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब कायम नै रहने दाबी गरे । 

उनले भनले भने,‘जुनसुकै सरकार आए पनि अबको तीन/चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब रहन्छ । तर गर्नसक्ने काम प्रशस्त छ गर्छ । त्यस्तो काम गर्न सरकार कम्मर कसेर लाग्छ ।’



त्यस्तै अर्थविद् डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्रमा शंकटमा रहेको अझै थप शंकटहरु बढ्दै जाने बताए । उनले शंकट भन्दैमा श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताए । 

उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्र शंकटतर्फ छैनौं भन्ने अवस्था छैन । शंकटमा छौं अझै शंकट बढ्न सक्छ । श्रीलंकाको जस्तो हुन्छ भनेर नाम लिनुपर्ने अवस्था छैन । शंकटको दिशामा छौं ।'



अर्थविद् डा. नेपालले सरकारले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । उनले सरकारले आगामी बजेटमार्फत कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन पर्ने उदेश्य गरेपनि किसानहरुलाई समयमा नै मल उपलब्ध गराउन नसकेकाले बजेट कार्यान्वय हुने अवस्था कमजोर रहेको बताए ।

'कृषि क्षेत्रले अर्थतन्त्रलाई लयमा ल्याउने भए पनि सरकारले किसानलाई समयमा मल ल्याउन नसेकेको हुनाले बजेट कार्यान्वय र सरकारको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने जोखिम बढेको छ’ उनले भने ।

  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १८:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया