ओन्टारियोविरूद्वको अभ्यास खेलमा नेपाल विजयी

क्यानडियन क्लब ओन्टारियो क्रिकेट एकेडेमीविरूद्वको अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले आज विहान सम्पन्न खेलमा ६९ रनको जित हात पारेको हो ।

२२१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र  बनाउन सक्यो । उसका लागि रियाज खान पठानले सर्वाधिक ३६ रनको योगदान दिए ।

कप्तान नरेश बुढाएरले २९,निकोलस मनोहरले २५ र जश शाहले २० रन जोडे । नेपालका लागि पवन सर्राफले तीन, किशोर महतो र आरिफ शेखले दुई /दुई  विकेट हात पारे ।

त्यसअघि किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा  आठ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले  अर्धशतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले आठ चौकासहित ५७ रन बनाए ।

आसिफ शेखले ४२, देव खनालले २७ र बसिर अहमदले २४ रन जोडे । ओन्टारियोका लागि शिलत पटेलले तीन तथा अमर खालिद, किनान्न टिन्टो, जाडे पड्मोर र दर्शिल पटेलले एक/एक विकेट लिए ।

नेपालले अब जुलाई  ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज  खेल्नेछ । क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ । 



 नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ । 



  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार ७:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया