कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो

अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन् । आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले न्युज कारखानासँग भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आएको भएको थियो, यही होला भनेर बुझौँ ।’ 

इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरूले बैठकका बारेमा सूचना नपाए पछि यादव पक्षधर नेताहरूसँग चासो व्यक्त गरिरहेका छन् ।

उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाई चाँही बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरूले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भने ।    





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार ११:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया