मकवानपुरको थाहा नगरपालिकाले सुरु गर्‍यो इ-पेमेन्ट

मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात् अनलाइन भुक्तानी प्रणाली सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एक सय बढी आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरूको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।

त्यसै गरी थाहा नगरपालिकाले संघीय सञ्चित कोषमा जम्मा हुने सबै खाले कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ । नेपाल सरकारले विकास गरेका प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसूचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए ।

पूर्ण रूपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भुक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।

पालिकाले १७ असारसम्म एक करोड बढीको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने–‘आगामी आर्थिक वर्ष २०७९÷०८० बाट पूर्णतः ई पेमेन्ट प्रणाली प्रयोगमा ल्याउँछौँ ।’  

पालिकाले आगामी आर्थिक वर्षबाट सबै खाले खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाई, मूल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई  सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ । 

त्यसै गरी थाहा नगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाइन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । उनले भने–‘यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेका थियौँ, अब हामी वेभ प्रणालीमा जादैछौँ ।’ नगरपालिकाले कर भुक्तानी प्रणालीलाई अनलाइनमा आधारित बनाई कुनै पनि कर घरैमा बसेर तिर्न सक्ने व्यवस्था गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १२:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया