लोसपाको कार्यकारिणी बैठक बबरमहलमा, विद्यानको मस्यौदा अनुमोदन गरिँदै

केन्द्रीय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । 

बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संशोधनदेखि केन्द्रीय कार्य समितिको पूर्णतालगायत विषयमा छलफल गर्नेछन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि तय गरिएका छन् । 

‘बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउनेदेखि सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुँदैछ,’ कर्णले भने  । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेकाले अब त्यसलाई पारित गरी नाम टुंगो लगाउनेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या पाँच सय एक राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य भइरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेश गर्दैछ ।

उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखि त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विद्येयकलगायत विषयलाई समेटेर बुझाएको ज्ञापनपत्र कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १४:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया