सुदूरपश्चिमका तीन जिल्लामा ई-पासपोर्ट सेवा अवरुद्ध
फाइल तस्वीर

बैतडीसहित सुदूरपश्चिमका तीन जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला र बझाङमा केही दिनका लागि विद्युतीय राहदानी सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

विद्युतीय राहदानीका लागि सर्भर सञ्चालन गर्ने इन्टरनेट अवरुद्ध हुँदा सेवा पनि अवरुद्ध भएको सूचना अधिकारी भारतीले बताए । इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको उपकरणमा समस्या आएपछि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।

यस्तै, विद्युतीय राहदानी आइसकेका नागरिकको समेत राहदानी वितरण गर्न सकिएको छैन । राहदानी वितरणका लागि पनि इन्टरनेट आवश्यक भएकाले समस्या भएको बताइएको छ । 

विद्युतीय राहदानी सेवा लिने नागरिकलाई फोन गरेर मात्रै आउन जिल्ला प्रशासन कार्यालय बझाङका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले बताए । विद्युतीय राहदानी सेवा सुचारु हुन अझै दुई-तीन दिन लाग्न सक्ने उनले बताए ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १९:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया