आपूर्ति विभागका महानिर्देशक भन्छन् - बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर
फाइल तस्वीर

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रणभन्दा बाहिर गरहेको बताएका छन् ।

शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशनअनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गएिको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन् । 

उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रभन्दा बाहिर रहेको पाइएको बताए । महानिर्देशक शर्माले पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्य वृद्धि भएको बताए ।

मन्त्रालयले उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवाञ्‍छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि जिम्मेवार तथा उत्तरदायी संघीय सरकारअन्तर्गतका नियामक निकाय एवं संविधान तथा प्रचलित कानुनबमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहको बीचमा समन्वय कायम गरी क्रियाशील हुने भन्ने निर्णय गरेको थियो । 

उक्त निर्णयअनुसार देशव्यापी रुपमा १७ असारमा एक साथ, एक समय, देशैभर बजार अनुगमन सम्पन गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा मातहत कार्यालयबाट एवं तीन तहका सरकारका विभिन्न निकायबाट बजार अनुगमन भइरहे तापनि अभियानकै रूपमा यस्तो अनुगमनको सुरुवात भएको छ । आगामी दिनमा यस्तो अनुगमनको निरन्तरता रहने विभागले बताएको छ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २०:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया