भाँडाकुँडा बेच्न थालिन् प्रियंका चोपडा, मूल्यका कारण ट्रोल भइन्

प्रियंका चोपडाको अभिनयलाई काफी तारिफ गर्ने गरिन्छ । मोडलिङबाट करियर सुरु गरेकी प्रियंका अभिनयमा हिट भएपछि गायनमा हात हालिन् । उनले त्यहाँ सफलता पनि प्राप्त गरिन् । यसबाहेक प्रियंकाले  अन्य धेरै ठाउँमा लगानी गरिसकेकी छिन्, जहाँबाट राम्रै कमाइ हुन्छ ।

निक जोनससँग बिहे गरेर अमेरिकामा बसेकी प्रियंकाको न्युयोर्कमा एउटा रेष्टुरेन्ट पनि छ, जसको नाम उनले सोना राखेकी छिन् । यसै क्रममा प्रियंकाले अब अर्को नयाँ काम सुरु गर्दै भाँडाकुँडा बेच्न थालेकी छिन् ।

प्रियंकाले अमेरिकामा नै सोना होम नामको भारतीय होमवेयर लन्च गरेकी हुन् । जसको जानकारी उनले इन्स्टाग्राम पोस्टमार्फत दिएकी छन् । उनले सोना होमका नाममा भारतीय स्टाइलका भाँडाकुँडा बेच्ने दाबी गरेकी छन् ।

सोना होम रिलिज भएको केही दिनमै प्रियंका चर्चासँगै ट्रोल भएकी छन् । सोना होमका सामग्री महँगो मूल्यका कारण उनी ट्रोल भएकी हुन् । प्रियंकाको सोना होम कलेक्शनको मूल्य यति धेरै छ कि यो सुनेर मानिस छक्क पर्छन् ।

सोना होम ब्राण्डको आधिकारिक वेबसाइटका अनुसार एउटा टेबल क्लथको मूल्य ३० हजार ६१२ भारतीय रुपैयाँ रहेको छ । एउटा सानो मैनबत्ती स्ट्यान्डको मूल्य ४ हजार ५७६ भारू राखिएको छ । चार डिनर नेपकिनको सेटको मूल्य १३ हजार २८४ भारु छ ।

डिनर प्लेटको मूल्य ४ हजार ७३३ भारु तोकिएको छ । त्यस्तै, एक सर्भिङ बाउलको मूल्य ७ हजार ७३२, चियाको कप र थालीको मूल्य ५ हजार ३६५ र कफीको मगको ३ हजार ४७१ भारू रहेको छ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २०:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया