‘वामदेव गौतमलाई संयोजकबाट हटाइएको समाचार गलत’

नेकपा एकता राष्ट्रिय अभियानबाट वामदेव गौतमलाई हटाइएको समाचार गलत भएको सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताएक छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै अभियानका सचिवालय सदस्य समेत रहेका पाण्डेले अभियानका सचिवालय सदस्य युवराज सफलले जिम्मेवारी राजीनामा दिएको जानकारी दिएका हुन् ।

असार १७ गते अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले युवराजको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए ।

अभियानबाट राजीनामा दिइसकेका सफल नेतृत्वको टिमले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत भएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २१:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया