काठमाडौंको युएनपार्क नजिकैको पुलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति काठमाडौं महानगरपालिका–१० युएनपुल नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको हो ।
बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।