टिवाइटी कपमा एनआरटीको लगातार दोस्रो फराकिलो हार

टुवान याङ टेरुतमा (टिवाइटी) कपको दोस्रो खेलमा पनि नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले फराकिलो हार बेहोरेको छ । मलेसियाको पेनाङ सिटी रंगशालामा गएराति भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको हो ।  

पेनाङलाई फराकिलो जित दिलाउन लुकास सिल्भाले चार गोल गर्दा एक गोल सराभानको नाममा रह्यो । पहिलो हाफको ४३ औं मिनेटमा सिल्भाले गोल गर्दै पेनाङलाईअग्रता दिलाए ।

पहिलो हाफको थप गरिएको समयमा मिनेटमा सराभानले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ६८ औं, ८० औं मिनेट तथा दोस्रो हाफको थप गरिएको समयमा मिनेटमा सिल्भाले गोल गरेपछि पेनाङले ५–० को फराकिलो जित निकाल्यो ।

एनअआरटीले पहिलो खेलमा इन्डोनेसियाको लिग–२ क्लब कारो एफसीसँग ५–१ को फराकिलो पराजय बेहोरेको थियो ।

पेनाङ शहरका प्रमुख मिस्टर याङले पद बहाली गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना भएको टिवाईटी कपमा एनआरटी जितविहीन बन्दै बाहिरिएको छ ।
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ७:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया