आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले उनलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा उक्त मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा भने जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ७:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया