नाडाल विम्बल्डन टेनिसको चाैथाे चरणमा, स्विटेक बाहिरिइन्

स्पेनिस स्टार राफेल नाडालले विम्बल्डन टेनिस प्रतियाेगिताकाे चाैथाे चरणमा स्थान बनाउँदा पाेल्याण्डकी इगा स्विटेक भने बाहिरिएकी छन् । नाडालले गएराति पुरुष एकतर्फकाे खेलमा इटालीका लाेरेन्जाे सेनेगाेलाई ३-० काे साेझाे सेटमा हराउँदै चाैथाे चरणकाे यात्रा तय गरे ।

सेन्ट्रल काेर्टमा भएकाे खेल नाडालले ६-१, ६-२ र ६-४ ले आफ्नो पक्षमा पारे । अब उनले डच खेलाडी बाेटिस भान डि जान्डस्कल्पकाे सामना गर्नेछन् । बाेटिस फ्रेन्च खेलाडी रिचर्ड गास्केटलाई ७-५, २-६, ७-६ (९-७) र ६-१ ले हराउँदै चाैथाे चरणमा प्रवेश गरेका हुन् ।

महिला एकलतर्फ फ्रेन्च खेलाडी एलिज काेर्नेटसँग २-० काे सेझाे सेटमा पराजित हुँदै विश्व नम्बर एक स्विटेक तेस्रो चरणबाट‌ै बाहिरिएकी हुन् । काेर्ट वानमा भएकाे खेल  ६-४ र ६-२ ले आफ्नो पक्षमा पार्दै कार्नेट चाैथाे चरणमा प्रवेश गरिन् ।

अब उनले अस्ट्रेलियन खेलाडी अजला टाेमल्जानाेभिचकाे सामना गर्ने छिन् । अजलाले चेक रिपब्लिककी बारबोरा क्रेजिकोवालाई २-६,६-४ र ६-३ ले पराजित गर्दै चा‌ैथाे चरणमा स्थान सुरक्षित गरेकी हुन् ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ८:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया