क्यानडाको ओन्टारियो क्लबसँग टी-२० अभ्यास म्याच खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज क्यानडाकाे स्थानीय क्लब ओन्टारियाे एकेडेमीसँग टी-२० अभ्यास खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे किङ्ग सिटी स्टेडियममा हुनेछ ।

यसअघि भएकाे एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियाेलाई ६९ रनले पराजित गरेकाे थियाे । नेपालले याे अभ्यास खेलपछि ४ जुलाई र ५ जुलाईमा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ ।

क्यानडामा खेलेपछि नेपाली टोली आइसिसी विश्वकप लिग-२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ । 

नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ८:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया