हिमालयन हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५  असारदेखि निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै, ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज बैकिङ समय अवधिभित्र आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ९:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया