म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रोनाल्डो

इंग्लिस क्लब म्याचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने योजना बनाएका छन् । अन्य क्लबबाट उपयुक्त प्रस्ताव आएमा यसै समरमा रोनाल्डोले युनाइटेड छाड्ने योजना बनाएको बिबीसीले जनाएको छ । 

रोनाल्डोले युनाइटेडसँग क्लब छाड्ने अनुमति दिन अनुरोध गरेको बताईएको छ । ३७ वर्षीय फरवार्ड गत वर्ष इटालियन क्लब युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए ।

युनाइटेडले गत सिजन छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । जसका कारण उ च्याम्पियन्स लिगमा छनोट हुन सकेन । रोनाल्डोको युनाइटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि उनले क्लब छाड्ने योजना बनाएका हुन् । तर, क्लब भने उनलाई तत्काल फुकुवा गर्ने योजनामा छैन ।

प्रशिक्षक इरिक टेनको आगमपछि यस सिजन प्रिमियर लिगमा उत्कृष्ट नतिजा ल्याउने योजनमा रहेको युनाइटेडले त्यसका लागि रोनाल्डो मुख्य खेलाडी खेलाडी बन्नेमा विश्वास लिएको छ ।  
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ११:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया