सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसै गरी, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो । 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ११:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया