डच स्ट्राइकर लुक डी योङ आफ्नो पुरानो क्लब पिएसभी आइन्डोभन फर्किएका छन् । उनलाई डच क्लब पिएस स्पेनिस क्लब सेभियाबाट तीन वर्षको सम्झौतामा अनुबन्ध गरेको हो ।
डि योङ तीन वर्ष पछि पुरानै क्लब फर्किएका हुन् । उनी सन् २०१९ मा डच क्लब पिएसभी आइन्डोभनबाट स्पेनिसमा अनुबन्धित भएका थिए । गत वर्ष एक सिजनका लागि लोनमा बार्सिलोनाबाट खेलेका थिए उनले क्लबका लागि २१ ला लिगा खेलमा ६ गोल गरे ।
सेभियाका लागि ६९ ला लागि खेलमा १० गोल गरेका उनले नेदरल्याण्ड्सका लागि ३८ अन्तर्राष्ट्रिय खेलमा आठ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।