बालबालिकाका लागि कोरोनाविरुद्धको थप खोप ल्याइएको छ । ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप ल्याइएको हो । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान कतार एयरको उडानमार्फत खोप काठमाडौं पुगेको हो । असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइएको थियो । २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने योजना छ । यो खोप पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।
पहिलो चरणमा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप कार्यक्रम सञ्चालन भएको थियो । त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि खोप कार्यक्रम सञ्चालन भएको थियो। बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।