आफूलाई निष्कासित गर्ने पाँच नेतालाई वामदेव गौतमले गरे जवाफी कारबाही

केही दिनअघि मात्रै गठन भएको नेकपा (राष्ट्रिय एकता अभियान) पार्टीबाट आफूलाई निष्कासित गर्नेलाई संयोजक वामदेव गौतमले कारबाही गरेका छन् ।

सचिवालय सदस्य युवराज सफलसहित आफूलाई पार्टीबाट निष्कासित गरेको विज्ञप्ति निकाल्ने पाँच जनालाई गौतमले जवाफी कारबाही गरेका हुन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकले चार दलका पाँच नेतालाई निष्कासित गर्ने निर्णय गरेको हो ।

शनिबार अभियानमा आवद्ध हामी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका नेताहरूले संयोजक गौतमलाई निष्कासित गरेको भन्दै विज्ञप्ति निकालेका थिए । उनीहरूले गौतममाथि पाँचबुँदे आरोपसमेत लगाएका थिए ।

आफूलाई निष्कासित गर्नेलाई गौतमले जवाफी कारबाही गरेका हुन् । हस्ताक्षर गर्नेहरूले माफी मागेर यसअघि भएका क्रियाकलाप गलत भएको आत्मालोचना गरे कारबाहीबारे पुनर्विचार गर्ने विकल्प दिएको गौतमले बताए ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १५:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया