देशभर थपिए ५३ कोरोना संक्रमित, २० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

यो अवधिमा १ हजार १६२ नमुनाको पिसिआर परीक्षण गर्दा ३९ र ९५८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणबाट मृत्युदर शून्य छ भने २० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १६:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया