देशको आर्थिक अवस्था गम्भीर संकटमाः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेत देखापरेको बताएका छन् । 

काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन् । 

‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकांकहरू नकारात्मक छन्,’ उनले भनेका छन् । यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको र व्यापार घाटा १५ अर्ब ७ अर्ब पुगेको छ उल्लेख गर्दै उनले विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा रहेको बताए । 

प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ । महँगी आकासिँदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ । हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ । कोभिङ–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन् ।’ 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १७:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया