प्रदेशमा प्रशिक्षण दिन एमालेले तोक्यो कमाण्डर, कसलाई कहाँ खटाइयो ?

नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कमाण्डरसमेत तोकिएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा कमाण्डर तोकेको हो । 

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  

प्रशिक्षण विकेन्द्रीकृत रूपमा आयोजना गर्ने निर्णय बैठकले गरेको उनले बताए । उनले पहिला प्रशिक्षकलाई प्रशिक्षण दिने र तिनीहरूलाई तल्लो तहमा पठाउने निर्णय भएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १८:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया