माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्यको नाम, को-को परे हेर्नुहोस् सूची

नेकपा माओवादी केन्द्रले ३७७ मध्ये ३७३ केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ केन्द्रीय सदस्यको नाम टुङ्ग्याएर चार जनाको नाम खाली राखेका हुन् ।

अध्यक्ष प्रचण्डको नामपछि क्रमशः नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुनको नाम छ ।

त्यस्तै माओवादी केन्द्रले ९४ मध्ये ८६ वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि टुङ्ग्याएको छ । ८ जनाको नाम खाली राखेर केन्द्रले वैकल्पिक केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको छ । त्यस्तै पार्टीले ८ जना आमन्त्रित प्रदेश अध्यक्ष, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका ५३ जना सदस्यको नाम पनि टुंगो लगाएको छ ।

सूची





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १९:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया