मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनाः एकको मृत्यु

पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।  

धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय किशोरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । 

जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जाँदै गरेको ना८त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २१:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया