शेयर ज्ञानः के अहिले शेयरमा लगानी गर्ने उचित समय हो ?

पछिल्लो समय शेयर मार्केटबारे अनेक कुराहरु आइरहेका छन् । वर्तमान अवस्थामा मार्केटमा किन प्यानिक छ भन्ने विषयमा पनि अनेक अन्योल छन् । 

यस्तो अवस्थामा कसरी अवसरको सिर्जना गर्ने त भन्ने प्रश्न निकै महत्त्वपूर्ण हुन्छ ।

अहिलेको यो अवस्थामा लगानीकर्ताले के गर्ने त ? 

सबैभन्दा पहिलो कुरा जस्तोसुकै मार्केट, चाहे त्यो बियरिस होस् या बुलिस, भए पनि हामीले अवसर पाइरहेका हुन्छौँ । त्यसलाई चिनेर हामीले लगानी गर्नु पर्ने हुन्छ ।

अहिले हामीले के बुझ्न सक्छौँ भनेर मार्केट अहिले पछिल्ला दुई वर्षका अल टाइम लो वा बटमलाइन हिट गरेर फिर्ता आउन गइरहेको छ । त्यसैले अहिले २ हजारको लेभललाई मार्केटले क्रस गरिसकेकोले हामी अब प्यानिक हुनु पर्ने जरुरी छैन । 



यस्तो हुँदाहुँदै पनि हामी केही कुरामा चाहिँ सचेत हुन जरुरी छ । हाम्रो गल्ती कहाँनेर हुनसक्छ, जब युटर्न हामीकहाँ आउँछ, त्यसले हामीलाई नोक्सान गर्न सक्छ । जब युटर्न छ भने त्यो नै किन्ने अवसर हो, बाइङ अपर्चुनिटी हो । जब डाउनफल हुन्छ, त्यति बेला कसैले पनि किन्दैन । कसैसँग लिमिटेड पैसा छ र मार्केटमा डाउनफल भइरहेको छ भने त्यसमा बारम्बार किन्ने प्रयास नगर्नुहोस् ।

अहिलेको अवस्थामा थुप्रै लगानीकर्ता प्यानिक अवस्थामा भएको हामीले देखिसकेका छौँ । पोलिसी लेभलका इन्टर्भेन्सन पनि देखिएको छ । 



अहिले लिक्विडिटी ८९ मा आइसकेको छ । अब यो महिनाका १४–१५ दिनमा सिडी रेसियो ८७ प्रतिशतसम्म आउन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले मार्केटका लागि अब राम्रो ट्रेन्ड बस्न सक्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय अरु सूचकहरु पनि सेयर मार्केटका लागि सकारात्मक देखिएको छ । त्यसैले बजार अब लयमा आउन सक्छ भन्ने हामीले अपेक्षा गर्न सक्छौँ ।

त्यसैले पनि यदि तपाईंसँग लङ टर्मका लागि पैसा छ भने एक वर्षका लागि लगानी गर्न सक्ने पैसा छ भने एक वर्षका लागि लगानी गर्नुहोस् । एक वर्षसम्म लगानी गर्नका लागि पैसा छ भने त्यसलाई लगानी गरेर हेर्नुहोस्, त्यसले एक वर्षमा राम्रो प्रतिफल दिन्छ । 

अब जहाँसम्म प्यानिक हुनु पर्ने अवस्था थियो, मार्केट १८०४ सम्म पुगेको थियो । हामीले त्यसलाई सहिसकेका थियौँ ।

अब चाहिँ हामीसँग अवसर मात्र अगाडि आएको छ । त्यसैले हामीले हेर्दा राम्रो सेयर हेरेर हामीले किन्नुपर्छ । जसको प्रिरेसियो राम्रो छ, त्यसलाई हेर्नुपर्छ । 

हामीले पेड अप क्यापिटल लोअर साइडमा भएका कम्पनीबारे हेर्नुपर्छ । हामीले सेयर किन्दा जहिले पनि जसको इपिएस हाइयर साइडमा छ र बिजनेस राम्रो गरिरहेको छ भने त्यस्तो कम्पनीको सेयर हामीले किन्न सक्छौँ । 

मैले पेडअप क्यापिटल लोअर साइडमा भएका कम्पनीलाई किन प्राथमिकता दिऔँ भनेको हुँ भने यदि पेड अप क्यापिटल लोअर साइडमा छ भने डिमाण्ड एन्ड सप्लाईमा जहिले पनि डिमाण्ड हाइयर साइडमा रहन्छ ।

यसले गर्दा त्यसको मूल्य माथि जानसक्छ । त्यसैले लगानी गर्न हामीले छान्दा जहिले पनि लो क्याप कम्पनीहरुलाई हामीले छान्नुपर्छ । जब यहाँ एफडिआइहरु आउँछ, हामीले लो क्यापमा बढी केन्द्रित गर्नु पर्छ । 

त्यस्तै, हामीले कुनै पनि कम्पनीमा लगानी गर्दा त्यसको एडमिनको पार्टलाई पनि हेर्नुपर्छ । त्यो कम्पनी कस्तो छ, त्यो कसरी सन्चालन भइरहेको छ र त्यसको इतिहास कस्तो छ भन्ने पनि हामीले हेर्नुपर्छ ।

अर्को कुरा हामीले सस्तोमा अहिले सेयर फाल्नु हुँदैन । अहिलेको समयमा हामीले सोचविचार गरेर लगानी गर्नुपर्छ, जसले भोलि रिटर्न दिन्छ, त्यसलाई हामीले छान्नुपर्छ । त्यसले हामीलाई राम्रो रिटर्न दिनुका साथै देशको अर्थतन्त्रका लागि पनि त्यो राम्रो हुन्छ । 

(दीपेन्द्र अग्रवाल नेपालका परिचित शेयर विज्ञ हुन् । उनको शेयर ज्ञान विथ दीपेन्द्र फरकधारमा अब प्रत्येक साता आइतबार साँझ ७ बजे प्रसारण हुनेछ । त्यसका लागि तपाईंहरु हामीसँग युट्युब फेसबुकमा जाेडिन सक्नुहुन्छ ।)

  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ०:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया