योगेश भट्टराईको माग : अख्तियारले अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचार मुद्दा चलाउनुपर्छ

नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थ मन्त्री जनार्दनलाई कारबाहीको माग गरेका छन् । मन्त्रालयको सिसिटिभी फुटेज मेटियो भन्नु कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप भएको भन्दै उनले त्यसका मतियार र मन्त्री शर्मालाई कारबाही गर्न माग गरेका हुन् ।

भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने कुराको थप पुष्टि भएको भन्दै उनीमाथि नीतिगत भष्टाचारमा छानबिन गरी मुद्दा चलाउन पनि माग गरेका हुन् । 

बजेटको अघिल्लो दिन मध्यरातमा अनाधिकृत व्यक्ति छिरेर करका दर फेरेको भन्दै अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयमाथि नै गम्भीर प्रश्न उठेको छ । शनिबार मात्रै अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिएको जनाएको थियो ।

कानुनमा नै तीन महिनासम्म सिसिटिभी फुटेज सुरक्षित राख्नुपर्ने बाध्यकारी नियम हुँदाहुँदै पनि अर्थमन्त्रालयको गैरजिम्मेवार कार्य भएको पनि भट्टराईले उल्लेख गरेका छन् । 

‘अर्थ मन्त्रालयले  भनेछ जेष्ठ १४ गतेको सिसिटिभी फुटेज मेटियो । त्यसो हो भने अब सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रूपमा कारबाही हुनु पर्दछ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अनाधिकृत व्यक्तिहरूमार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएको स्पष्ट हुन्छ । अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने कुराको थप पुष्टि भएको छ । अब अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ ।’ 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ७:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया