माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । 

आइतबारको बैठकले ३ सय ७३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यस्तै, ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुंगिएका छन् । केही केन्द्रीय विभागका सदस्यको पनि टुंगो लागेको छ । 

अब माओवादी पदाधिकारीको टुंगो लाग्न बाँकी छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसमाथि प्रदेश इन्चार्जहरूले धारणा राखेका थिए ।

त्यसक्रममा उनीहरूले प्रदेशको रिपोर्टिङ गरेका थिए । आजको बैठकमा पनि त्यसमाथि छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ८:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया