अमेरिकाले स्वतन्त्रता दिवस मनाउँदै
तस्बिर : नेपालस्थित अमेरिकी दूतावासको फेसबुकबाट

अमेरिकाले आज स्वतन्त्रता दिवस मनाउँदै छ । हरेक वर्ष जुलाई ४ मा अमेरिकामा स्वतन्त्रता दिवस मनाइन्छ । सन् १७७६ जुलाई ४ मा बेलायतबाट अमेरिका स्वतन्त्र भएको अवसरमा यो दिवस मनाइने गरिएको हो । 

दिवसको अवसरमा उत्सव गर्ने, मेला गर्ने, वनभोज जाने, मासु पोलेर खाने, सांगीतिक कार्यक्रम, झाँकी प्रदर्शन आदि इत्यादि गर्ने गरिन्छ। र विशेष गरी अमेरिकाका सबै राज्यमा संघीय सरकारले हर्षोल्लासका साथ विशेष कार्यक्रम मनाउने गर्छ ।

दिवसको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा एक शुभकामना सन्देश लेख्दै भनेको छ - ‘अमेरिकीहरुले जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउँछन् किनभने १७७६ मा, दोस्रो महाद्वीपमय कांग्रेसले स्वतन्त्रताको घोषणालाई स्वीकार गरेको थियो, अन्ततः १३ अङ्ग्रेजी उपनिवेशहरू संयुक्त राज्य अमेरिकामा रूपान्तरण भएका थिए । जुलाई ४, १७७६, अमेरिकीहरुको स्वतन्त्रताको लागि कडा संघर्षको समापन भएको थियो । अमेरिकाले स्वशासन र लोकतान्त्रिक शासनको अधिकारको लागि लड्ने मानिसहरूको समर्थन गर्दछ।’ 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १०:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया