साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।