भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा कारोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लोपटक गरिएको परीक्षणमा उनको कोरोना नतिजा नेगेटिभ आएको हो ।
इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लण्डनमा रहेका रोहितलाई केही दिनअघि कोरोना देखिएको थियो ।
कोभिड देखिएपछि रोहितले इंग्ल्याण्डविरुद्धको जारी पाँचौं तथा टेस्ट गुमाएका थिए । अब भारतले उनको कप्तानीमा इंग्ल्याण्डविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेल्नेछ ।
भारतले घरेलु टोलीसँग समान तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज ७ जुलाई तथा एकदिवसीय सिरिज १२ जुलाईबाट सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।