राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन मन्त्री नियुक्त गरेकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।