भारतीय दूतावासका सुरक्षागार्ड सिंहले गरे आफैंलाई गोली प्रहार
फरकधार / २० असार, २०७९
सांकेतिक तस्बिर

काठमाडौंमा रहेको भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षागार्डले ड्युटीकै समयमा आफैंलाई गोली प्रहार गरेका छन् । लैनचौरमा रहेको दूतावासको सुरक्षाका लागि खटेका निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ ।



उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै घटनाको अनुसन्धान गर्ने भएको छ । दूतावासका अधिकारीहरुले नेपाल प्रहरीलाई पनि घटनाबारे जानकारी गराएको बताइएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १४:४०:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया