धनगढी उपमहानगरको नगर सभामा विवाद, एमालेका जनप्रतिनिधिले उठाए कुर्सी

धनगढी उपमहानगरको आज सोमबार बसेको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।  

उपप्रमुख रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्सी उठाएर फालेर उपप्रमुख रानाको समर्थन गरेका थिए । उता कांग्रेस पक्ष जनप्रतिनिधिले भने धनगढी प्रमुख गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।  

प्रमुख हमालले उपमहानगरको बजेट ल्याउँदा कुनै सल्लाह नगरी पुस्तिका छपाएको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिले बैठकमा नाराबाजीसहित विरोध गरेका हुन् । सो क्रममा उनीहरूले आफू बसेको कुर्सी विरोधी खेमातिर फालेका थिए ।  

स्वतन्त्र उम्मेदवार बनेर उपमहानगरको प्रमुखमा विजय भएका हमाललाई भने कांग्रेस पक्ष जनप्रतिनिधिले ले समर्थन गर्दै विरोधमा उत्रेका एमाले र माओवादी पक्षको प्रतिकार गरेको छ ।  १९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, कांग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।  यसअघि उपमहानगरका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुने गरेकोमा सोमबारको बैठकमा विवाद भएपछि फेसबुकबाट गरिएको प्रत्यक्ष प्रसारण बन्द गरिएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १६:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया