पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, कति पुग्यो मूल्य ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा ५ रूपैयाँ बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ ।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २१:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया