जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीले आगामी ४ र ५ साउनमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिन लागेको हो । 

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको पार्टी महासचिव बेदुराम भुसालले जानकारी दिए ।  

समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने पनि निश्कर्ष निकालेको छ ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ७:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया