बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । 

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिन भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने । 

उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना वर्तमान सरकारमा मन्त्री बनाएपछि जसपाभित्र थप विवाद बढेको छ । 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ८:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया