ब्राजिली युवा विंगर/फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल मड्रिडमा सम्झौता नवीकरण गरेका छन् । उनले क्लबसँग तीन वर्ष सम्झौता थप गरेका हुन् ।
अब उनी सन् २०२८ सम्म रियलमै रहने छन् । सन् २०१९ मा स्पेनिस क्लबमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनको सम्झौता २०२५ सम्म रहेको थियो ।
गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए । रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलब वृद्धिसँगै १ विलियन युरो रिलिज क्लज राखेको छ ।
रियलले रोड्रिगोललाई ब्राजिलियन क्लब सान्तोषबाट ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । उनी सान्टियागो बर्नाबेउ आएको तीन सिजनमा १०८ खेलमा १८ तथा ब्राजिलका लागि पाँच खेलमा एक गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।