देउवा भन्छन्– गठबन्धनमा कुर्सीको समस्या सामान्य, तपाइँहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका छन् ।  

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रूपमा लिन आवश्यक रहेको बताए । उनले मोरङको विराटनगरमा रहेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको पनि बताए । 

देउवाले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । ‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ । धनराजजीहरूले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रूपमा लिनुपर्छ । तपाइँहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ,’ देउवाले भने ।  

उनले गिरिजाप्रसाद कोइरालाले दलहरूबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा आज उत्तिकै सान्दर्भिक रहेको पनि बताए ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १२:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया