हिपहप रियालिटी सो ‘नेपहपको श्रीपेच’को विषयमा विवाद भएको थियो । विवादलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई उक्त श्रीपेच बुझाएका छन् ।
मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए । बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुहरूले मात्रै लगाउने ‘पञ्च बुद्ध मुख’लाई र्याप प्रतियोगितामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।
'पवित्र ‘पञ्च बुद्ध मुख’लाई नेपहप पगरीको रुपमा प्रयोग गरेकोमा समस्त बज्रयोगिनी बौद्धहरूको अवमूल्यन हुन गएकाले हामी यसको घोर भर्त्सना गर्दछौं', परिषदले मंगलबार विज्ञप्तिमा भनिएको थियो ।
परिषदले सो कार्यलाई पुन: नदोहोर्याउन आयोजकहरूसँग आग्रह पनि गरेको थियो ।
प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा ‘पञ्च बुद्ध मुख’ लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।