अर्थमन्त्री जनार्दन शर्माविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले अर्थमन्त्रीको राजीनामा माग गरेका थिए । त्यस्तै उनीहरूले बजेट भाषणको अघिल्लो रातको सिसिटिभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका थिए ।
'गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा', 'सेतो जुँगा कालो मन सिसिटिभी फुटाउने मै हो भन' लगायतका नारा लेखिएका ब्यानरसहित युवा संघले प्रदर्शन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।