रोयललाई यु–२३ पुरुष बास्केटबलको उपाधि

चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतीलाई पन्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । 

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयलले अग्रतालाई कायम राखेको थियो । 

दोस्रो क्वार्टरमा २२–१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८–१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३–१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६–५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गरे ।

च्याम्पियन बनेको रोयलले नगद १  लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो । 

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो । विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष ध्रुब आचार्यलगायतले पुरस्कार वितरण गरे ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २०:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया