अध्ययन समितिले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन, जचुकाली परिसर प्राथमिकतामा

मधेस प्रदेश सरकारको भौतिक संरचना निर्माण गर्न जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । 

जनकपुरधामलाई स्थायी राजधानी घोषणागरि सकेपछि सरकारको मुख्य प्रशासनीक भवन लगायतका अन्य भौतिक संरचना निर्माण गर्न आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरुसँगको छलफल पश्चात आफ्नो प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको हो । 

समितिले राजधानीको मुल संरचनाको लागि जचुकाली परिसरलाई नै मुख्य प्राथमिकतामा राखेर राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक मन्त्री यादवले बताए । 

उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताए । 

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले आगामी मन्त्रीपरिषद् बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो सातादेखी नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी दिएका छन् ।
 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २०:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया