सन्दीप लामिछानेले श्रीलंका प्रिमियर लिगमा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका प्रिमियर लिग (एसपिएल) अनुबन्ध भएका छन् ।

श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्सले अनुबन्ध गरेको हो । डम्बुल्लाले सन्दीपलाई ४० हजार डलर अर्थात् (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । 

सन्दीप इन्टरनेसनन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन् । सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका कप्तान दासुन सनका, भानुका राजपक्ष लगायतका खेलाडी अनुबन्ध भएका छन् ।

अक्सनमा ३ सय ५३ खेलाडी छन् । १ सय ८० विदेशी खेलाडी र १ सय ७३ श्रीलंका खेलाडी रहेका छन् । ड्राफ्ट २० राउण्ड सम्म चल्नेछ ।

एलपिएलमा पाँच फ्रेन्चाइज टोली छन् । एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २०:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया