वर्षा बाधक बन्दा नेपाल र क्यानडाबीचको खेल स्थगित

नेपाल र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल रद्द भएको छ । किङ्ग सिटीस्थित मेफल लिफ मैदानमा गएरातिका लागि तय भएको खेल लगातारको वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएको हो । 

सिरिजको दोस्रो तथा अन्तिम खेल आज हुनेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि क्यानडा भ्रमण गरिरहेको हो ।

यसअघि नेपालले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट एकेडेमीसँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले आफ्नो पक्षमा पार्‍यो । क्यानडासँगको खेलपछि नेपाल लिग–२ अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ ।

 घरेलु टोली र नामिबिया पनि सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ६:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया