पुनरागमन जित निकाल्दै जाेकाेभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा

सर्बियन स्टार नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको  सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा गएराति राति इटालीका जानिक सिनरलाई ३–२ को सेटमा  हराउँदै साविक विजेता जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती दुई सेट गुमाए पनि जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै जित निकाले । उनले खेल ५-७, २-६, ६-३,६-२ र ६-२ ले आफ्नो पक्षमा पारे । 

अब जोकोभिचले फाइनल प्रवेशका लागि बेलायतका क्यामरुन नोरीकाे सामना गर्नेछन् । 

नाेरीले बेल्जियमका डेभिड गाेफिनलाई ३-६, ७-५, २-६, ६-३ र ७-५ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ६:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया