बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय विंगरले क्लबसँग ४ वर्षको सम्झौता गरेका हुन् । ओरिगीले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाडेका थिए । उनले एनफिल्डमा ८ वर्ष बिताए ।
ओरिगीले लिभरपुलका लागि १७५ खेलमा ४१ गोल गरे । उनले क्लबबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप, एफए कप र लिग कप जितेका थिए ।
बेल्जियमका लागि ३२ खेल खेलेका ओरिगीले तीन गाेल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।