बैतडीको झुलाघाट सीमा नाका बन्द

बैतडीको झुलाघाट सीमा नाका बन्द गरिएको छ । भारतसँग सीमा जोडिएको उक्त नाका बुधबार साँझ सम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

झोलुङ्गे पुल मर्मतको काम सञ्चालन भइरहेकोले बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । उक्त पुलको भारतीय सीमाना तर्फको काठ भाँच्चिएपछि मंगलबारदेखि नै आवागमन बन्द छ । 

आवागमन रोकिएको खबर पाएलगत्तै बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा जिल्लाका सुरक्षा निकाय र भारतका सुरक्षा निकायले मंगललबार संयुक्त रूपमा अनुगमनसमेत गरेका थिए ।

जीर्ण पुललाई मर्मत नगरी संचालनमा ल्याउँदा थप जोखिम सिर्जना हुन सक्ने भन्दै एक दिन नाका बन्द गरेर पुल मर्मतको काम भइरहेको हो । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ७:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया