युरोपका केही भाग सुक्खा बन्दै गएका हुन् ?
फरकधार / २२ असार, २०७९

जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ । मानवताले सामना गरिरहेको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यकता रहेको अन्यथा पृथ्वीमा हाम्रो अस्तित्व खतरामा पर्नेछ । हामी डरलाग्दो भविष्यतर्फ जाँदैछौँ भन्ने एउटा पछिल्लो संकेतमा एउटा अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ । सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र ओलिभ उत्पादनलाई असर पार्ने सम्भावना छ ।



अनुसन्धानकतर्ताले एट्लान्टिक क्षेत्रमा घडीको दिशामा सर्ने एजोर्स हाइलाई अध्ययनको केन्द्र बनाएका थिए । एजोर्स हाई उच्च वायुमण्डलीय चापको क्षेत्र हो । यसलाई युरोपमा वर्षाको लागि ‘गेटकीपर’ भनिन्छ । युरोपमा हिउँदे वर्षा एजोर्स हाउका कारणले हुन्छ । यसले महादेशमा पश्चिमी हावा हरू भित्र पठाउँछ । यस घटनाको अध्ययन अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेका थिए र नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ । 

उच्च–दबाव प्रणालीसमेत भनिने एजोर्स हाई गत शताब्दीमा नाटकीय रूपमा परिवर्तन भएको छ र उत्तरी एट्लान्टिक जलवायुमा यी परिवर्तनहरू विगत सहस्राब्दीमा अभूतपूर्व भएको अध्ययनले पत्ता लगाएको छ । यस अध्ययनमा जलवायु मोडेल सिमुलेसन प्रयोग गरिएको थियो ।
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ९:१:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया